मकवानपुर क्षेत्र २–(ख) कांग्रेसका इन्द्र बानियाँ १६ हजार मतले अगाडि
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएकाहरुले यतिबेला चुनावी सभा तथा घरदैलोलाई तीव्रता दिइरहेका छन् । निर्वाचन नजिकिएसँगै कुन उम्मेदवारले जित्छन् भन्नेबारे अड्कलबाजी समेत हुन थालेको छ । यसक्रममा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतलाईसमेत आधार बनाई विश्लेषण भइरहेको छ ।
दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर २ को (ख) मा अघिल्लोपटकभन्दा यसपटक फरक गठजोड बनेको छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लोभन्दा फरक बनाएको हो ।
०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए ।
अघिल्लो चुनावमा नेकपाको उम्मेदवारलाई एक्लै पराजित गरेका बानियाँलाई योपटक माओवादी र एमालेबाट फुटेर बनेको समाजवादीको पनि साथ थपिएको छ । जसले उनलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ । यही तथ्यांक र यो अवधिमा उनले गरेको विकासको कामलाई आधार बनाएर बानियाँको सहज जित हुने विश्लेषण सर्वसाधारणमा हुने गरेको छ ।
०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाए । यो निर्वाचनमा बानियाँसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले लालबहादुर थापालाई मैदानमा उतारेको छ भने यसअघि बानियाँसँग पराजित स्याङ्तानको साथ पनि बानियाँलाई थपिएको छ । थापा ०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौँडाको ३ र १९ नम्बर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्दछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७र७ वटा वडामा विजयी भएको थियो ।
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।
स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । यसरी हेर्दा लोकतान्त्रिक वाम गठबन्धन एमालेभन्दा १६ हजार पाँचसय ६० मतले अगाडि छ ।
आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको मत पनि जोडिनेछ । ०७४ सालको निर्वाचन र अहिलेको स्थानीय तहको अंकगणितअनुसार पनि आसन्न निर्वाचनमा बानियाँ अघि देखिन्छन् । तर, मंसिर ४ मा मतदाताले गर्ने मतदान निर्णायक हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #इन्द्र बानियाँ, #कांग्रेसका इन्द्र बानियाँ १६ हजार मतले अगाडि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्