अध्यक्ष ओली आज झापा जाँदै, भोलि ‘सेल्फी विथ केपी बा’ कार्यक्रम पनि हुने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । झापामा अध्यक्ष ओली निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रममा व्यस्त हुने छन् ।
अध्यक्ष ओली झापामा आयोजना हुने चुनावी सभा, भेला, कार्यकर्ता भेटघाट लगायत कार्यक्रममा सहभागी हुने छन् ।
अध्यक्ष ओली आज झापा निर्वाचन क्षेत्र नम्बर २ को सालवाडी शनिश्चरेमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने नेकपा (एमाले) का पोेलिटव्यूरो सदस्य तथा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले बताए ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीसँग साँझ दमकमा सहकारीकर्मीहरुको भेटघाट कार्यक्रम रहेको छ ।
यसैगरी भोलि कात्तिक २३ गते दमकमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले विभिन्न दलका कार्यकर्ता लगायतलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कात्तिक २४ गते दमकमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश–१ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता दाहालले जानकारी दिए ।
राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व ओली बालबालिकादेखि बृद्धबृद्धासम्म अत्यन्त लोकप्रिय छन् । अध्यक्ष ओली जहाँ पुग्छन् त्यहाँ उनीसँग तस्वीर खिचाउनेको घुइँचो लाग्ने गर्छ । यस पटक झापामा निर्वाचन प्रचार प्रसारका कार्यक्रममा व्यस्त रहँदा रहँदै पनि अध्यक्ष ओलीसँग तस्वीर खिचाउन पाएनौं भन्ने बालबालिका, युवा, किशोरकिशोरी, बृद्धबृद्धा र सर्वसाधारण नागरिकको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीसँग तस्वीर खिचाउनका लागि समय नै छुट्याइएको छ ।
बुधबार अध्यक्ष ओलीसँग तस्वीर खिचाउन चाहनेहरूका लागि ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको छ । दमकस्थित फन पार्कमा अपरान्ह ४ बजेदेखि राखिएको कार्यक्रममा अध्यक्ष ओलीसँग सबैले सेल्फी खिच्न पाउने छन् । खासगरी युवकयुवती, किशोरकिशोरीको अत्यधिक माग आएपछि यो कार्यक्रमको आयोजना गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक नेकपा (एमाले) का नेता दाहालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्