खाँदबारी-किमाथाङ्का सडकको ट्र्याक १८ महिनामै सम्पन्न गर्नेछौं ; दीपक खड्का
नुम (संखुवासभा)- पाँचदलीय गठबन्धनबाट संखुवासभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक खड्काले जिल्लाको समृद्धिका लागि जनताको साथ, हात र मत चाहिएको बताएका छन्।
मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भने, ‘समृद्ध संखुवासभा निर्माणका लागि मलाई तपाईंहरूको साथ चाहियो, तपाईंहरूको हात चाहियो, तपाईंहरूको मत चाहियो।’ अर्को प्रसंगमा उनले जोगवनी-किमाथांका सडकको ट्र्याक ओपनिङको काम १८ महिनाभित्र सम्पन्न हुने कुरामा द्विविधा नरहेको बताए।
संखुवासभामा खाँदबारीबाट किमाथांका जोड्ने सडक निर्माण मुख्य चुनावी एजेन्डा हो। कांग्रेस जिल्ला सभापति खड्काले भारत र चीनलाई छोटो दूरीमा जोड्ने यो सडकको ट्र्याक अब १८ महिनामै सम्पन्न हुने खुशीको खबर नुम बासीलाई सुनाए। पाँच वर्षमा एमालेको सरकार र उसका सांसदले संखुवासभामा एक रुपैयाँ पनि राष्ट्रिय बजेट नदिएको खड्काले दोहोर्याए।
एमालेका जनप्रतिनिधिले पाँच वर्षको अवधि जागिर खाएरै बिताएको उनले बताए। त्यसका कारण जिल्ला विकासमा २५ वर्ष पछाडि परेको खड्काले बताए। अनि, एमालेको सरकारले रद्द गराएका संखुवासभाका विकास आयोजना पुनः कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता रहने जानकारी दिए। स्वच्छ पिउने पानी र बिजुली घर-घरमा पुर्याउनु आफ्नो प्राथमिकतामा रहने उनले बताए।
र, समृद्ध जिल्ला निर्माणका लागि गठबन्धन दलहरूलाई मतदान गर्न उनले आग्रह गरे। गठबन्धनबाटै प्रदेशसभा ‘क’मा माआवादी केन्द्रका उम्मेदवार राजेन्द्र कार्कीले मकालुमा विद्युत सब-स्टेसन स्थापना गरी पालिकाका सबै वडा र छिमेकी पालिकामा पनि बिजुली पुर्याउने प्रतिबद्धता व्यक्त गरे। सबै वडामा सडक र स्वास्थ्य चौकी पुर्याउने विषयलाई पनि आफूहरूले जितेर गएपछि प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
क्याटेगोरी : समाचार
ट्याग : #दीपक खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्