विष्णु पौडेललाई बामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानले समर्थन गर्ने

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार विष्णु पौडेललाई बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले समर्थन गर्ने भएको छ ।
आज सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर एकता अभियानले एमालेका उम्मेदवार पौडेललाई सघाउने घोषणा गरेको हो ।
जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ । विष्णु पौडेल एमालेका लागि मात्रै नभएर सिङ्गो राष्ट्रका लागि नै आवश्यक पात्र भएकाले समर्थन जनाएको एकता अभियानको भनाइ छ ।
विष्णु पौडेल सिङ्गो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका र राष्ट्रका लागि आवश्यक नेता भएकाले समर्थ गर्ने निर्णय गरिएको एकता अभियानका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्यालले जानकारी दिए ।
रुपन्देही–२ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी उनीहरूले गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णु पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्