एमालेले एकल बहुमत ल्याउँछ : केपी ओली
कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गर्नुभएको छ ।
कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै छुस्स छुस्स ल्याइरहेको छ । यसले गरेको, उसले गरेको सर्भे भन्दै एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस गरिएको छ । कांग्रेस हाराहारीमा मात्रै एमालेले भोट ल्याउँछ भन्ने इम्प्रेसन पार्न खोजिएको छ ।’
अध्यक्ष ओली भन्नुहुन्छ, ‘म भन्न चाहन्छु, एमाले कांग्रेसको हाराहारी होइन । सानो मार्जिनले होइन, ठूलो मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ एमाले । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । अरू कसैलाई सरकारमा सामेल नगर्ने भन्ने होइन । तर त्यो सरकार फेरि पनि एमालेको हुन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्