केपी ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् ।
एमालेका अनुसार अध्यक्ष ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले बिहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्बोधन गर्नेछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ ।
अध्यक्ष ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्वोधन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्