डडेल्धुरामा आजदेखि चुनाव अवधिभर मदिरा बिक्री वितरण र सेवनमा रोक
डडेल्धुरा । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको निर्वाचनलाई लक्षित गरी डडेल्धुरामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
आइतबार प्रमुख जिल्ला अधिकारी जोशीको अध्यक्षतामा बसेको बैठकले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गर्ने निर्णय गरेको हो । आजदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको र कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रजिअ जोशीले जानकारी दिनुभयो ।
आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लाबासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #मदिरा बिक्री वितरण र सेवनमा रोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्