मकवानपुरमा कांग्रेस वीपीका उम्मेदवारले गठबन्धनलाई सघाउने

काठमाडौँ I नेपाली कांग्रेस वीपीका तर्फबाट मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् ।
आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् ।
नेपाली कांग्रेसमै सक्रिय रहेका उनले पार्टी सञ्चालनका क्रममा भएका केही कमीकमजोरीका कारण चित्त दुखेर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको बताए ।
आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको उनले बताए ।
गएको बुधबार मात्रै सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि बानियाँलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #वीपीका उम्मेदवारले गठबन्धनलाई सघाउने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्