Techie IT
शुक्रबार, वैशाख १८,२०८३

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका नेकपा एसको सिंगो कमिटी एमालेमा प्रवेश


सिन्धुपाल्चोक  । नेकपा एकिकृत समाजवादीको सिंगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकै उपस्थितिमा भोटेकोशीमा नेकपा एसको कमिटी गठन भएको थियो । नेकपा एसको पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने निष्कर्षका साथ सिगो कमिटी नै एमालेमा समाहित गरेको नेकपा एस भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पाले बताउनुभयो ।

समाजवादी भोटेकोशी गाउँपालिका कमिटीका अध्यक्ष साङगे शेर्पा, गाउँपालिकाका सचिव निमा दोर्जे शेर्पा, जिल्ला कमिटी सदस्य बलबहादुर तामाङ लगायत भोटेकोशी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेताहरु एमालेमा समाहित हुनुभएको हो । एमालेमा समाहित गर्ने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपाल लगायतका नेताहरुले पुरानो घरमा स्वागत गर्नुभयो ।

त्यस्तै युवा, विद्यार्थी, सबै वडाका कमिटीहरु, जनवर्गीय संगठन समेत एमालेमा समाहित भएको नेकपा एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाले जानकारी दिनुभयो । समाजवादी भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पा स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवार समेत हुनुहुन्थ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #भोटेकोशी गाउँपालिका नेकपा एसको सिंगो कमिटी एमालेमा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्