दोलखामा काँग्रेस तथा समाजवादी छोडेर पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश
दोलखा । दोलखाको जिरी नगरपालिकामा लामो समय कम्युनिष्ट राजनीति गर्नुभएका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किनुभएको छ । उहाँ २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्ष समेत हुनुभएको थियो ।
नेकपा एमाले दोलखाले मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तीव्र बनाएको छ । यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गर्दै उहाँले समाजवादी पार्टी कम्युनिष्ट नभएको जिकिर गर्नुभएको छ ।
एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली काँग्रेस तथा समाजवादी छाडेर पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दाहाल तथा नेपाली काङ्ग्रेसबाट पुराना काँग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिनुभयो ।
जिरी नगरपालिकाको वडा नं।३ को हाँडिखोलामा आइतबार बिहान भएको कार्यक्रममा एमाले दोलखा प्रतिनिधिसभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेश क उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार उर्मिला सुनुवार, एमाले लेखा आयोग सदस्य शान्ति पाख्रिन, प्रदेश निर्वाचन परिचालन कमिटी क का संयोजक इश्वरचन्द्र पोखरेल लगायतले आफ्नो भनाइ राख्दै समुन्नत जिरी निर्माणका लागि एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्