देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएको १६ महिनामै देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहहरूको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।
आज शनिबार काठमाडौंमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उद्देश्य नभएको स्वार्थहरूको गठजोडलाई पराजित गर्नुपर्ने बताएका हुन् ।
उनले गठबन्धको घोषणापत्र जनता अलमल्याउने खेल मात्रै भएको तर्क गर्दै परमादेशबाट सरकारमा गएको १६ महिनामै गठबन्धन सरकारले देशलाई कंगाल बनाउने काम गरेको आरोप लगाएका छन् । आगामी निर्वाचनमार्फत गठबन्धनले जनादेशबाट सरकार बनाएमा मुलुक लुटतन्त्रमा भासिने भनाई ओलीको छ ।
उनले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरू कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थिरताको भूमरीमा फसाएको आरोप लगाएका छन् । अहिले भिजनसहितको बलियो शक्ति राष्ट्रलाई चाहिएकाले सबै हिसाबले समर्थनवान भएको पार्टी एमालेमात्रै रहेको दाबी ओलीको छ ।
उनले नेकपा एमालेबाहेक अरु कुनै बलियो शक्ति मुलुकमा आउनै नसक्ने भन्दै आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन् । ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधीनता र विकासका लागि धेरै काम गरेको जिकिर गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्