आचारसंहिताको उल्लङ्घनकर्ता माथि निर्मम रुपमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ: आयुक्त सगुन शम्शेर राणा
जनकपुरधाम । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर राणाले निर्वाचन आयोगले आचारसंहिताको उल्लङ्घनकर्ता माथि यस पटक निर्मम रुपमा कारबाही प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।
निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालको भूमिका” विषय कार्यक्रममा आयुक्त राणाले चुनावको प्रचारप्रसारमा हुने गरेको खर्चको जिल्ला जिल्लामा अनुगमन गर्नका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अधिकार दिएको बताउनुभयो ।
उहाँले इलेकट्रोनिक्स भोटिङ मेसिनमार्फत मतदान गराउनका लागि योजना सहितको खरिद गर्नमा लाग्ने खर्चको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा आयोगका पूर्व सचिव वेगेन्द्रराज शर्माले विगतभन्दा यस पटकको निर्वाचनमा आचारसंहितामा कडाइ गरेका कारणले आचारसंहिताको उल्लङ्घन कमै मात्रामा भएको बताउनुभयो ।
निर्वाचन आयोगका सह–सचिव देवेन्द्रराज शर्मा पौडेलले धनुषाको प्रतिनिधिसभा तर्फ २९ लाख, प्रदेशसभाको धनुषा निर्वाचन क्षेत्र नंं ३ को ख मा १५ लाख र बाँकी रहेको प्रदेशसभाको निर्वाचन क्षेत्र बढीमा १७ लाख खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले निर्वाचनलाई मर्यादित बनाउनका लागि राजनीतिक दलले नै बनाएको कानूनको आधारमा बनेको आचारसंहिता अनुसार कारबाही गर्न बाध्य हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी भएका अन्य वक्ताहरूले निर्वाचन आचारसंहिताको पालना गराउनका लागि आचारसंहिता उल्लङ्घन गर्ने ठूला दलका एक जना ठूला नेताको उम्मेदवारी रद्द गरे सबैले पालना गर्न बाध्य हुने बताउनुभएको थियो ।
वक्ताहरूले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा मर्यादित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन अहिले पनि भइरहेको बताउँदै धनुषामा नै छठ पर्वको आडमा ठूला दलका नेताले साडी वितरण गरेकाले प्रमाण सहितको समाचार आए पनि आयोगले किन कारबाही नगरेको भनी प्रश्न समेत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जिल्ला तहका नेता, नागरिक समाजका अगुवाहरू, महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्