कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त तेह्र बर्षपछि पक्राउ
बागलुङ । भनिन्छ, अपराध गरेपछि कुनै पनि अपराधी उम्कन सक्दैन । ढिलै भएपनि उ कानूनको दायरामा आउँछ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई बागलुङ प्रहरीले तेह्र बर्षपछि पक्राउ गरी आज (शनिबार) सार्वजनिक गरेको छ । प्रहरीले बागलुङ जिल्ला बोबाङ गा.वि.स वडा नंम्बर ९ बस्ने मन प्रसाद बिकलाई कुटपिट गरी हत्या गरेको आरोपमा बागलुङ जिल्ला बोवाङ गा.वि.स वडा नंम्बर ९ हाल बागलुङ नगरपालिका वडा नंम्बर १३ बस्ने लक्षिराम बिकको नाति खड्कलाल बिकको छोरा अन्दाजी ५५ बर्षीया पिम बहादुर बिकलाई १३ बर्षपछि हिजो (शुक्रवार) पक्राउ गरेको हो ।
पिम बहादुरको कुटाइबाट मन प्रसादको २०६६ पौष ०३ गते उपचारका लागी ढोरपाटनतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । मन प्रसादको मृत्यु भएको कर्तव्य ज्यान मुद्दामा अभियुक्त पिम बहादुरलाई सम्मानित सर्वोच्च अदालत काठमाण्डौंले १२ वर्ष ६ महिना कैद तोकिएको थियो । कैद सजाय पाएलगत्तै २०६८ बैशाख १४ गतेदेखी हालसम्म फरार रहदै आएका अभियुक्तलाई बागलुङ प्रहरीको सक्रियताले उनी घर वतन नजिकै लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेका उनलाई लगत कट्टाको लागि सम्मानित बागलुङ जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
बैंकिङ कसुरको मुद्दामा फरार प्रतिवादी पक्राउ
यता, बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । बागलुङ जिल्ला, साविक पैयुपाटा गा.वि.स. वडा नंम्बर २ हाल बागलुङ नगरपालिका वडा नंम्बर १३ बस्ने हरीलाल गिरीको नाती दल बहादुर गिरीको छोरा ५२ बर्षीया बिष्णु गिरीलाई बागलुङ प्रहरीले हिजो (शुक्रबार) पक्राउ गरेको हो ।
काठमाण्डौं नागर्जुन नगरपालिका वडा नंम्बर ९ दुर्गानगर बस्ने तार्क बहादुर कुँवरको जाहेरीले उच्च अदालत पाटन संयुक्त वाणिज्य इजलासले २०७६ कार्तिक १ गते अभियुक्त गिरीलाई २० दिन कैद र सात लाख छयानब्बे हजार रुपैया जरिवाना तोकिएको थियो । त्यस लगत्तै उनी फरार भएका थिए । बागलुङ प्रहरीको फरार प्रतिवादी खोजतलास अभियान अन्तर्गत नै एक बर्ष १७ दिनपछि उनलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

व्यापक मात्रामा उनलाई खोजतलास गर्ने क्रममा शुक्रबार नियन्त्रणमा लिइ कानून बमोजिम पक्राउ गरी लगत कट्टाको लागि सम्मानित बागलुङ जिल्ला अदालतमा पठाईएको उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्