सम्पदा संरक्षणमा अब्बल नारायण सिलवालप्रति मतदाता उत्साहित

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ५ ९१० को प्रदेशसभा सदस्यका एमालेका उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तरगत काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ५ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा वडा नम्बर ५ हाँडीगाउँस्थित विशालनगरमा पुग्दा पूर्वमन्त्री तथा कुटनीतिज्ञ डा। रमेशनाथ पाण्डेसँग भेट भएको थियो । त्यसअवसरमा पाण्डेले सिलवाललाई आगामी दिनमा गर्नुपर्ने कामको ध्यानाकर्षण गराउँदै निर्वाचन जित्नका लागि शुभकामना दिएका छन् ।
यसअघिको कार्यकालमा सिलवालले सम्पदासम्बन्धी धेरै राम्रा कामहरु गरेको विषयमा आफू जानकार रहेको बताउँदै पाण्डेले आगामी दिनमा पनि प्रभावकारी भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । भेटका क्रममा उम्मेदवार सिलवालले पाण्डेजस्ता विज्ञहरुले दिएको सुझाबलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलका क्रममा पाण्डेले सिलवालाई निर्वाचनसँग सम्बन्धित रणनीतिक सुझाबहरु पनि दिएका छन् ।
२०७४ को निर्वाचनमा निर्वाचित भएपछि सिलवालको पहलमा वडा नम्बर ५ मा सम्पदासँग सम्बन्धित धेरै काम सम्पन्न भइसकेका छन् । गोरखनाथ मन्दिरको सत्तल, पञ्चेधारा, हाँडीगाउँस्थित सत्यनारायण मन्दिरको सत्तल र चारतैतिरको पर्खाल पुनर्निमाण, गहनापोखरीस्थित सत्तल निर्माण, हाँडीगाउँ कोटालटोलस्थित त्रिशक्ति क्लबको भवन पुनर्निर्माण, कोटालटोलस्थित कोटागुठी घरको पुनर्निर्माण, हाँडीगाउँ ओरालोमा रहेको ढुंगेधारा पुनर्निर्माण, रुद्रमतिस्थित नमोबुद्ध विहारसँगैको पार्क निर्माण, भीमसेनथानस्थित भीमसेन मन्दिरको पर्खाल तथा सोही स्थानमा बासकेटबल कोर्ट निर्माण लगायतका काम सिलवालको अघिल्लो कार्यकालमा सम्पन्न भइसकेको छ ।
जनतासँगको भेटघाटका क्रममा सिलवालाई खानेपानीको समस्या यथावत रहेको भन्दै त्यसको समाधान गर्न आग्रह गरेका छन् ।
थ्यग कभलत
क्याटेगोरी : समाचार
ट्याग : #नारायण सिलवाल, #सम्पदा संरक्षणमा अब्बल नारायण सिलवालप्रति मतदाता उत्साहित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्