सम्पदा संरक्षणमा अब्बल नारायण सिलवालप्रति मतदाता उत्साहित
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ५ ९१० को प्रदेशसभा सदस्यका एमालेका उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तरगत काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ५ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा वडा नम्बर ५ हाँडीगाउँस्थित विशालनगरमा पुग्दा पूर्वमन्त्री तथा कुटनीतिज्ञ डा। रमेशनाथ पाण्डेसँग भेट भएको थियो । त्यसअवसरमा पाण्डेले सिलवाललाई आगामी दिनमा गर्नुपर्ने कामको ध्यानाकर्षण गराउँदै निर्वाचन जित्नका लागि शुभकामना दिएका छन् ।
यसअघिको कार्यकालमा सिलवालले सम्पदासम्बन्धी धेरै राम्रा कामहरु गरेको विषयमा आफू जानकार रहेको बताउँदै पाण्डेले आगामी दिनमा पनि प्रभावकारी भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । भेटका क्रममा उम्मेदवार सिलवालले पाण्डेजस्ता विज्ञहरुले दिएको सुझाबलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलका क्रममा पाण्डेले सिलवालाई निर्वाचनसँग सम्बन्धित रणनीतिक सुझाबहरु पनि दिएका छन् ।
२०७४ को निर्वाचनमा निर्वाचित भएपछि सिलवालको पहलमा वडा नम्बर ५ मा सम्पदासँग सम्बन्धित धेरै काम सम्पन्न भइसकेका छन् । गोरखनाथ मन्दिरको सत्तल, पञ्चेधारा, हाँडीगाउँस्थित सत्यनारायण मन्दिरको सत्तल र चारतैतिरको पर्खाल पुनर्निमाण, गहनापोखरीस्थित सत्तल निर्माण, हाँडीगाउँ कोटालटोलस्थित त्रिशक्ति क्लबको भवन पुनर्निर्माण, कोटालटोलस्थित कोटागुठी घरको पुनर्निर्माण, हाँडीगाउँ ओरालोमा रहेको ढुंगेधारा पुनर्निर्माण, रुद्रमतिस्थित नमोबुद्ध विहारसँगैको पार्क निर्माण, भीमसेनथानस्थित भीमसेन मन्दिरको पर्खाल तथा सोही स्थानमा बासकेटबल कोर्ट निर्माण लगायतका काम सिलवालको अघिल्लो कार्यकालमा सम्पन्न भइसकेको छ ।
जनतासँगको भेटघाटका क्रममा सिलवालाई खानेपानीको समस्या यथावत रहेको भन्दै त्यसको समाधान गर्न आग्रह गरेका छन् ।
थ्यग कभलत
क्याटेगोरी : समाचार
ट्याग : #नारायण सिलवाल, #सम्पदा संरक्षणमा अब्बल नारायण सिलवालप्रति मतदाता उत्साहित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्