प्रचण्ड सुरक्षा खोज्दै चितवनबाट भागेर गोरखा पुगे: पृथ्वीसुब्बा गुरुङ
लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन सेनापतिविहीन फौजमा परिणत भएको भन्दै केपी ओलीको विकल्पमा प्रधानमन्त्रीको साझा उम्मेदवार पेश गर्न चुनौती दिएका छन् ।
लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले धेरै सेनापति भएको फौजले लडाइँ जित्न नसक्ने बताए । नेपाल प्रेससँगको भिडिओ कुराकानीमा गुरुङले एमालेले केपी ओलीलाई सेनापति बनाएर बहुमत मागिरहेको बताए ।
गुरुङले भने, ‘धेरै सेनापति भएको सेनाले जहिले पनि लडाइँ हार्छ । हामी त केपी ओलीलाई सेनापति बनाएर बहुमत दिनुस्, हाम्रो प्रधानमन्त्री केपी ओली हो भनेर गएका छौं । जनताले हामीलाई विश्वासका साथ हेरेका छन् । तर, गठबन्धनको प्रधानमन्त्री को हो रु शेरबहादुर, प्रचण्ड, माधव नेपाल, मोहनविक्रम सिंह हुन् कि चित्रबहादुर केसी हुन् रु आफ्नो नेता छान्न नसकेको गठबन्धनले चुनाव जित्छ रु जनताले पत्याउँदैनन् ।
उपमहासचिव गुरुङले गठबन्धनका एउटा सेनापति प्रचण्ड सुरक्षका लागि भाग्दै गोरखा आइपुगेको दाबी गरे । उनले कहिले चितवन, कहिले सिरहा, कहिले काठमाडौं हुँदै हार्ने डरले सुरक्षाका लागि गोरखा आएको भन्दै नेतृत्वविहीन गठबन्धनलाई भोट दिएर खेर फाल्न नहुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #पृथ्वीसुब्बा गुरुङ, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्