प्रचण्ड सुरक्षा खोज्दै चितवनबाट भागेर गोरखा पुगे: पृथ्वीसुब्बा गुरुङ

लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन सेनापतिविहीन फौजमा परिणत भएको भन्दै केपी ओलीको विकल्पमा प्रधानमन्त्रीको साझा उम्मेदवार पेश गर्न चुनौती दिएका छन् ।
लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले धेरै सेनापति भएको फौजले लडाइँ जित्न नसक्ने बताए । नेपाल प्रेससँगको भिडिओ कुराकानीमा गुरुङले एमालेले केपी ओलीलाई सेनापति बनाएर बहुमत मागिरहेको बताए ।
गुरुङले भने, ‘धेरै सेनापति भएको सेनाले जहिले पनि लडाइँ हार्छ । हामी त केपी ओलीलाई सेनापति बनाएर बहुमत दिनुस्, हाम्रो प्रधानमन्त्री केपी ओली हो भनेर गएका छौं । जनताले हामीलाई विश्वासका साथ हेरेका छन् । तर, गठबन्धनको प्रधानमन्त्री को हो रु शेरबहादुर, प्रचण्ड, माधव नेपाल, मोहनविक्रम सिंह हुन् कि चित्रबहादुर केसी हुन् रु आफ्नो नेता छान्न नसकेको गठबन्धनले चुनाव जित्छ रु जनताले पत्याउँदैनन् ।
उपमहासचिव गुरुङले गठबन्धनका एउटा सेनापति प्रचण्ड सुरक्षका लागि भाग्दै गोरखा आइपुगेको दाबी गरे । उनले कहिले चितवन, कहिले सिरहा, कहिले काठमाडौं हुँदै हार्ने डरले सुरक्षाका लागि गोरखा आएको भन्दै नेतृत्वविहीन गठबन्धनलाई भोट दिएर खेर फाल्न नहुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #पृथ्वीसुब्बा गुरुङ, #प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्