पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
हालसम्म आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसङ्ख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामाग्री ढुवानी गरिने भएको छ ।
सात जिल्लाको मतपत्र छपाइ बाँकी
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ ।
यी जिल्लामा करिब ८४ लाख मतपत्र आवश्यक पर्नेछ । आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि तीन करोड चौध लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ, सल्यान, रूकुमपश्चिम तथा रूकुमपूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन, #पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्