काठमाडौं क्षेत्र नम्बर २(१) का उम्मेदवार श्रेष्ठ मतदाता केन्द्रित टोल भेलामा सक्रिय
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्य उम्मेदवार सानुकुमार श्रेष्ठ यतिबेला चुनाव केन्द्रित टोल भेलामा व्यस्त हुनुहुन्छ ।
टोल भेलाका क्रममा श्रेष्ठले काठमाडौं महानगरपालिकाका वडा नम्बर ९ र ३२ का टोलमा पुग्नुभएको थियो।
उहाँले मतदातासँगै भेटघाटका क्रममा विकासका लागि एमाले सधैं प्रतिवद्ध रहेको भन्दै एमालेलाई जिताउन समेत आग्रह गर्नुभयो । बागमती प्रदेशका निर्वतमान सभामुख समेत रहनुभएका श्रेष्ठ आफु पदमा रहदा गरेका प्रसंसनीय कार्यका कारण नै आफू फेरि चुनाव जित्ने बताउनुभयो ।
उहाँले जनताले अभाव महसूस नहुने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #उम्मेदवार श्रेष्ठ मतदाता केन्द्रित टोल भेलामा सक्रिय, #काठमाडौं निर्वाचन क्षेत्र नम्बर २(१), #सानुकुमार श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्