Techie IT
मंगलबार, असार २३,२०८३

भक्तपुरमा १४ वर्षीया बालिका पटक–पटक बलात्कृत


काठमाडौं । भक्तपुरमा एक जना १४ वर्षीया बालिका पटक–पटक बलात्कारको शिकार बनेकी छिन् ।

पटक–पटकको जबरजस्ती करणीपछि प्रहरीमा परेको उजुरीका आधारमा बालिकालाई बलात्कार गर्ने एक जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्का छन् ।

उनलाई सोमबार राति प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खड्काले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #भक्तपुरमा १४ वर्षीया बालिका पटक–पटक बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्