गठबन्धन सरकारले देशको ढुकुटी लुटेको छः केपी ओली

झापा । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनुभएको छ ।
झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको वताउनुभयो ।
‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उहाँले भन्नुभयो– नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकारका अर्थमन्त्रीले केही व्यक्ति बोलाएर करका दर हेरफेर गर्छन् । देशको ढुकुटीमा योभन्दा ठूलो लुट अरू के हुन्छ रु यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’
उहाँले आफू नेतृत्वको सरकारले विकासका धेरै काम गरेको फेहरिस्त पनि सुनाउनुभयो । आफू नेतृत्वको सरकारले गरेका ठूला विकासका काम देखेर एमालेको सरकार ढालेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाकाबन्द गरे पनि पेट्रोल आउँछ । हामीले मेलम्चीको पानी काठमाडौं ल्यायौँ । अरुण तेस्रो जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । यसरी मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढालियो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनबाट देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभयो । झापाको कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ ।’
उहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।
अध्यक्ष ओलीले अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र जनता समाजवादी पार्टी ९जसपा० को सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #गठबन्धन सरकारले देशको ढुकुटी लुटेको छः केपी ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्