Techie IT
मंगलबार, असार १७,२०८२

नेपाली कॉंग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क सदस्यमा ध्रुव खनाल मनोनित


काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा कॉंग्रेस युवा नेता ध्रुव खनाल  मनोनित भएका छन् ।

“प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य श्री उमेशजंग रायमाझीको संयोजकत्वमा गठित “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्क” केन्द्रीय सदस्यहरु थप गरिएको हो ।

देश भरिबाट निर्वाचनमा युवा परिचालनलाई युवा प्रचार नेटवर्क निर्माण गरिएको हो । खनाल गोरखाबाट उक्त समिति सदस्यमा मनोनित भएका हुन्।

 


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #धुब्र खनाल, #नेपाली कॉंग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क सदस्यमा धुब्र खनाल मनोनित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain
5:10 am7:04 pm +0545