Techie IT
सोमबार, मंसीर १,२०८३

थप २० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय २९ पीसीआर परीक्षण ९ जना र ८ सय ५५ एन्टीजेनमा ११ जना गरी कूल २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार कसैको मृत्यु भएको छैन। आज थप ३४ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #थप २० जनामा कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्