बाँकेको चुराको गोदाममा आगलागी, एक जनाको मृत्यु

खजुरा । बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो ।
उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए । घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट करिब रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आगलागी, #एक जनाको मृत्यु, #बाँकेको चुराको गोदाममा आगलागी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्