सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।
रुपन्देही २ : केशवबहादुर थापामगरलाई समर्थन गर्ने निर्णयबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापामगरलाई समर्थन गर्ने निर्णयबाट राष्ट्रिय जनमोर्चा पछि हटेको छ ।
आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले थापामगरलाई समर्थ गर्न नसकिने जनाएको हो । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी जनमोर्चाको तर्फबाट भएको हस्ताक्षर भूलबस भएको विज्ञप्तिमा उल्लेख छ ।
‘मिति २०७९ साल कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारदलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो,’ विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको छ ।’
थापामगरलाई दिएको समर्थन फिर्ता लिएसँगै जनमोर्चाले रूपन्देही–२ मा नयाँ उम्मेदवार समेत रोजेको छ । जसअजुसार जनमोर्चाले अब उक्त क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन गर्ने भएको छ । ‘हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केशवबहादुर थापामगर, #केशवबहादुर थापामगरलाई समर्थन गर्ने निर्णयबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा, #चित्रबहादुर केसी, #राष्ट्रिय जनमोर्चा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्