सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।
रुपन्देही २ : केशवबहादुर थापामगरलाई समर्थन गर्ने निर्णयबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापामगरलाई समर्थन गर्ने निर्णयबाट राष्ट्रिय जनमोर्चा पछि हटेको छ ।
आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले थापामगरलाई समर्थ गर्न नसकिने जनाएको हो । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी जनमोर्चाको तर्फबाट भएको हस्ताक्षर भूलबस भएको विज्ञप्तिमा उल्लेख छ ।
‘मिति २०७९ साल कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारदलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो,’ विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको छ ।’
थापामगरलाई दिएको समर्थन फिर्ता लिएसँगै जनमोर्चाले रूपन्देही–२ मा नयाँ उम्मेदवार समेत रोजेको छ । जसअजुसार जनमोर्चाले अब उक्त क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन गर्ने भएको छ । ‘हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केशवबहादुर थापामगर, #केशवबहादुर थापामगरलाई समर्थन गर्ने निर्णयबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा, #चित्रबहादुर केसी, #राष्ट्रिय जनमोर्चा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्