प्रधानमन्त्री देउवाले दिए नेता सुनकलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ । उहाँहरु पूर्वी अफ्रिकाबाट बेलायत आउनुभएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना व्यक्त, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्