Techie IT
मंगलबार, असार २४,२०८२

माओवादी र नेकपा एसको सिंगो कमिटी एमालेमा विलय


ओखलढुंगा । ओखलढुंगाको जन्तरखानीका २६५ जना एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीहरुले पूर्वमन्त्री अम्बिरबाबु गुरुङको विकास निर्माणको योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन लाग्ने तयारी सहित जन्तरखानीका माओवादी, जसपा, कांग्रेस र एसका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले नेता मनोज मगरले बताउनुभयो ।

उहाँका अनुसार जन्तरखानी एमालेमय बनेको छ । स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कटवाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । जन्तरखानीमा माओवादी र नेकपा एस पार्टी नै एमालेमा विलय भएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी र नेकपा एसको सिंगो कमिटी एमालेमा विलय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain with Thunder
5:13 am7:04 pm +0545