इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीद्वारा एकतामा जोड
रोम । इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ । देशमा राजनीतिकलगायतका समस्याहरू उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको शपथ लिएसँगै सो आग्रह गर्नुभएको हो ।
उहाँले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको थियो । उहाँलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गर्नुभएको थियो ।
सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ त्यसअघि गभर्नर हुनुहुन्थ्यो । उहाँ केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहनुभएको थियो ।
मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उहाँलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गर्नुभएको हो ।
उहाँ हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरू राजनीतिक दलहरूलाई पनि सरकारमा समावेश हुन आग्रह गर्नुभएको छ ।
उहाँले आइतबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरू रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । रासस÷सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीद्वारा एकतामा जोड, #जर्जिया मेलोनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्