नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना सम्मानित
काठमाडौँ । नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिनालाई सम्मान गरिएको छ । फोकस नेपाल संस्था शुभ दिपावलीको अवसरमा शनिबार आयोजना गरेको ‘वृहद सांस्कृतिक कार्यक्रम तथा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।
डेपुटी गर्भनर ढुङ्गानाले विगत लामो समयदेखि वरिष्ठ आर्थिक व्यवस्थापक तथा विभिन्न आर्थिक क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैँकको प्रथम डेपुटी गर्भनरजस्तो महत्वपूर्ण र ऐतिहासिक जिम्मेवारीमार्फत राष्ट्र र समाजलाई योगदान पु¥याउनुभएकाले सम्मान गरिएको हो । उहाँलाई उपपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतले सम्मान गर्नुभएको हो ।
डेपुटी गर्भनर ढुङ्गानाले नेपाल राष्ट्र बैँकको विभिन्न विभागको नेतृत्व गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न बैँकिङ, आर्थिक, सेवामुलक तथा सामाजिक संघ संस्थामार्फत राष्ट्र विकास, बैकिङ क्षेत्रको विकास र सामाजिक सेवामा पु¥याउनुभएको योगदान चीरकालसम्म प्रशंशनीय र अतुलनीय रहेको बताइएको छ । फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र छेत्री,लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले पञ्चेबाजा सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिना सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्