प्लास्टिकको माला खरिद बिक्रीमा रोक, सयपत्रीको माग ह्वात्तै बढ्यो
दोधारा चाँदनी । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ ।
तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए । उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग धेरै छ ।” उनले भने, “सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।” उनले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताए । “यस वर्ष हावापानीका कारणले फूल ढिलो गरी फूलेको छ ।” उनले भने, “बजार माग धान्नै नसकिने अवस्था छ सोचेअनुसारको फूल फुलेन ।”
उनले हालसम्म रु पाँच सय प्रतिकिलोका र मालाको रु सयका दरले सयपत्री बिक्री गरिरहेको बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उनले सयपत्री फूलको खेती गरेका छन् । “अहिले भारतबाट ठूलो मात्रामा फूल आयात भइरहेको छ हाम्रो यहाँ उत्पादन छैन ।” उनले भने, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ अब यसलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारीमा छु ।”
यहाँका व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताए । “यहाँ फूल प्रशस्त छैन भारतकै भर पर्नुपरेको छ ।” उनले भने, “अहिले ग्राहकले प्लास्टिकको माला योग गर्न रुचाउँदैनन् सयपत्री नै खोज्ने गरेका छन् ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताए । “हामीले माइकिङ पनि गरिरहेका छौँ व्यवसायीलाई बिक्री नर्गन निर्देशन दिएका छौँ ।” उनले भने, “अनुगमनका क्रममा बिक्री वितरण गरिएको भेटिए सामग्री जफत गछौँ ।”
क्याटेगोरी : समाचार
ट्याग : #सयपत्रीको माग ह्वात्तै बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्