गठबन्धनले जिते नेपाल श्रीलंका बन्छ : महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले नेपाललाई श्रीलंका बनाउने कि सिंगापुर बनाउने भन्ने कुरा यसपटकको निर्वाचनले प्रष्ट पार्ने बताउनु भएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ का संघीय संसदका उम्मेद्वार बस्नेतले एमालेले जिते देश सिंगापुरको बाटोमा जाने र गठबन्धनले जिते देश श्रीलंकाको बाटोमा जाने बताउनुभयो । ‘नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर’ बस्नेतले कार्यकर्ता माझ भन्नुभयो ‘त्यस कारण हामीले सुझबुझ प्रयोग गरौं । एमालेलाई मत दिएर देशलाई सिंगापुरको बाटोमा हिडाऔं ।’
बस्नेतले निर्वाचनका लागि एमालेले चारवटा रणनीति अपनाउनु पर्ने बताउनुभएको छ । कार्यकर्ताहरुलाई निर्देशन दिंदै उहाँले पहिलो चरणमा प्रत्येक मतदाताको घरघरमा एमाले कार्यकर्ता पुग्नुपर्ने बताउनुभयो । दोस्रो चरणमा टोलटोलमा भेलाको आयोजना गर्नुपर्ने उहाँको धारणा छ । ‘यस्तो बेलामा उम्मेद्वार सकेसम्म पुग्ने पुग्न नसके स्थानीय नेताले उम्मेद्वारको प्रतिनिधीको रुपमा पार्टीका धारणा राख्नुपर्दछ ’ बस्नेतले भन्नुभयो ।
तेस्रो चरणमा उम्मेद्वार सहितको घरदैलो कार्यक्रम र चौथो चरणमा आक्रमक रुपमा विपक्षीको भण्डाफोर गर्नुपर्ने बस्नेतले बताउनुभयो । यस चरणमा पार्टी र उम्मेद्वारलाई लागेका आरोपको खण्डन र विपक्षी उम्मेद्वारको भण्डाफोर गर्न बस्नेतले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गठबन्धनले जिते नेपाल श्रीलंका बन्छ : महेश बस्नेत, #नेकपा एमाले, #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्