अंग्रेजी नोबल ‘अ वाक अवे फ्रम होम’ को विमोचन
काठमाडौं, २५ फाल्गुण – १८ बर्सिय किशोर अनिश घिमिरेको अंग्रेजी भाषाको नोबल ‘अ वाक अवे फ्रम होम’ को शनिबार विमोचन गरिएको छ ।
काठमाडौंको थापागाउ स्थित कुन्ज थिएटरमा आयोजित एक कार्यक्रम माझ उक्त नोबलको विमोचन नेपाल सरकारका सचिब चन्द्र घिमिरे,अंग्रेजी भाषाविद प्रोफेसर डा. राजन पोख्रेल, प्रोफेसर ईन्द्र कार्की, नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमला र नोबलिस्ट अनिशका पिता अशोक घिमिरेले संयुक्त रुपमा गरे ।
नोबलको विमोचन पस्चात कार्यक्रममाझ बोल्ने क्रममा सचिब घिमिरेले नेपालको साहित्य सिर्जनाको क्षेत्रमा अंग्रेजी भाषाका कृतिहरुको खडेरी रहेको अवस्थामा ‘अ वाक अवे फ्रम होम’ ले तन्नेरी पुस्ताको भावनालाई कलात्मक रुपमा प्रस्तुत गरेको र सिर्जनात्मक क्षमताका माध्यमबाट उत्कृष्ट लेखन शिल्प र शैलीका माध्यमबाट पाठकलाई बाध्न सक्ने ल्याकत राख्ने भन्दै अनिश घिमिरेको लेखनको तारिफ गरे । अ वाक अवे फ्रम होमका लागि भूमिका लेखन समेत गरेका अंग्रेजी भाषाविद प्रोफेसर डा. राजन पोख्रेलले किशोरवय अवस्थामा अनिश घिमिरेले लेखन गरेको कृति भाषा, शैली, शिल्प, विचार सबै हिसाबले अब्बल रहेको र अनिश घिमिरेबाट आफू धेरै सिक्ने अवसर पाएको बताउदै उक्त पुस्तक विधालयको कोर्शमा राख्न आवश्यक र उपर्युक्त रहेको धारणा राखेका थिए ।
त्यसैगरि, प्रोफेसर ईन्द्र कार्कीले अ वाक अवे फ्रम होम नोबल सबै तह र तप्काकाले पढ्न आवश्यक रहेको बताउदै उक्त नोबलले अंग्रेजी भाषा साहित्य फाट्मा गर्विलो उपस्थिती जनाउन सक्ने संभावना प्रबल रहेको बताए । नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमलाले सर्जक पिता अशोक घिमिरे पुत्र अनिश पनि सिर्जनामा लाग्नु सम्योग मात्र नभई प्रेरणाको श्रोत नै रहेको आफूले अनुभुत गरेको धारणा राखेका थिए ।
सैन्ट जेभियरका खेम प्रसाईले अक्षरको खेती नै विश्वको सबै भन्दा ठुलो र उन्नत खेती रहेको बताउदै बाल्यकालका अनुभुतीहरुलाई अक्षरको खेती मार्फत विश्वसामु बहुमुल्य सिर्जना पस्कन सके अझ राम्रो हुन्थ्यो भन्ने आफुलाई लागेको बताए । कार्यक्रममा नेपाल टेलिभिजनका प्रवर्धन् शाखा प्रमुखका रुपमा कार्यरत नोवलिस्ट अाशिसका पिता अशोक घिमिरेले मानव जीवन अनुभुतीको पुन्ज भएको र अनिश घिमिरेको कृति मानव जीवनको अनुभुतीको मिठासपूर्ण अभिब्यक्ती रहेको बताए ।
कार्यक्रममा उपन्यासकार अनिश घिमिरेले कल्पनाशिलताले नै सिर्जनाको उत्पत्ती गर्ने बताउदै आफू पनि कल्पनामा डुब्न रमाउने गरेको र सोही बानीले नै आफू नोबल लेखन कार्यमा संलग्न हुन सहज भएको धारणा राखेका थिए । कार्यक्रममाझ कलाकार एबम ग्लोबल कलेज अफ म्यानेजमेन्टका बिद्यार्थीहरुले सान्स्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्