वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ
काठमाडौं । ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन् ।
काठमाडौंको महाराजगञ्जमा आज आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित सय जना भन्दा बढी खेलाडीहरूले काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गरेका हुन् ।
खेलाडीहरूसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरूले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताएका थिए ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैं खेलाडीहरूको साथमा रहेको बताए । एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ५ को टोखा र बुढानीलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिए ।
भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बीमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उनले स्मरण गरे ।
एमालेको चुनावी अभियानमा साथ दिँदै नेपाली माइकल ज्याक्सनका नाममा चर्चित कलाकार रेमण्ड सापकोटाले पनि प्रस्तुति दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्