काठमाडौं महानगरले हटायो न्यूरोडमा सजाएका फूलमाला

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुको गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो ।
तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूलमाला हटाएपछि न्यूरोडका व्यापारीहरु आक्रोसित भएका छन् । न्यूरोड असनका सुन पसलहरुले तिहारको अघिल्लो दिन विशेष तरिकाले आफना पसलहरु सजाएका थिए ।
महानगरले भने फुटपाथ ढाक्नेगरि फुलमाला सजाएको भन्दै हटाएको दावी गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बाटो नै ढाक्नेगरी राखिएको फुलका मालाहरु निकालिएको बताए ।
उनले भने,‘जसले फुटपाथ ढाकेर बाटो हिड्ने ठाउँमा राखेको छ नि । त्यस्तो ठाउँमा त्यो गर्न पाएन । जसरी भएपनि उसले विजनेश मोटिभमा गरेको हो नि त यहाँ सानो व्यापारीहरु भीडभाड हुन्छ भनेर बाहिर पसल नराख्ने अनि उनीहरु चाहिँ राख्न कहाँ पाइयो त ।’ उनले तिहारमा फुटपाथमा व्यापार गर्न नदिइने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #काठमाडौं महानगरले हटायो न्यूरोडमा सजाएका फूलमाला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्