चर्चित हास्य कलाकार ‘गोक्ते काजी’को स्वास्थ्यमा सुधार
काठमाडौं । चर्चित हास्य कलाकार रामचन्द्र अधिकारी ‘गोक्ते काजी’को स्वास्थ्यमा सुधार आएको छ ।
१० दिनअगाडि निमोनियालगायत समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीकी श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।
दर्शकमाझ ‘काजी साप’ र ‘गोक्ते काजी’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरूमा आईसीयूमा भर्ना गरिए पनि अहिले क्याबिनमा राखिएको छ ।
‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिने बताएको छ,’ श्रीमती शिखाले भनिन् ।
६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ चर्चित र लोकप्रिय छन् । थुप्रै चलचित्रमा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’ अर्थात् गोक्ते काजीको रूपमा देखिँदै आएका छन् ।
अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । पछिल्लो समय उनी ‘कान्छी’ टेलीश्रृङ्खलामा पनि देखिदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चर्चित हास्य कलाकार ‘गोक्ते काजी’को स्वास्थ्यमा सुधार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्