गोरखाका उम्मेदवार घरदैलोमा मतदाता भेट्दै
निर्वाचन आयोगले चुनावको १७ दिनअघिदेखि मौन अवधी सुरु नहुँदा सम्म १५ दिन मात्रै चुनावी सभा गर्न पाउने आचारसंहिता बनाएको छ । आचारसंहितामा राजनीतिक दलहरुले सहमती जनाएपछि अहिले त्यो सहमती दलहरुका लागि घाँडो भएको छ ।
तुल ब्यानर, चुनाव चिन्ह सहितका प्रचार सामग्री राखेर सभा सम्मेलन जस्ता कार्यक्रम गर्न नपाउने भएपछि मंसिर ४ को चुनावी तयारीमा उम्मेदवार अहिले घरभेट र आन्तरिक प्रशिक्षण केन्द्रित छन् । तुल ब्यानर राख्ने, कार्यक्रम गर्ने आचारसंहिता बिपरित कामगर्ने क्रम बढेपछि जिल्लामा अनुगमनमा पनि कडाई गरिएको छ । ‘आचारसंहिता उलंघन गर्नेलाई सचेत गराउने र स्पष्टिकरण सोध्ने काम भईरहेको छ’ आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने ।
निर्वाचन आयोगले कडाई गर्न थालेपछि राजनीतिक दल र उम्मेदवारहरु सचेत देखिएका छन् ।
गोरखामा सत्ता गठबन्धन दलले पार्टीका अगुवा कार्यकर्तालाई एक्ला एक्लै र संयुक्त प्रशिक्षण दिईसके । अहिले उम्मेदवार मतदाता भेट्न पसेका छन् । घरभेट गर्ने, टोलमा केही मानिसका बिचमा जाने भेट्ने काममा गठबन्धन दलका उम्मेदवारको समय बितिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘संयुक्त कार्यक्रम बनाएर प्रदेश र संघका उम्मेदवारहरु पार्टीका नेताहरु सहित गाउँ जानुभएको छ, अहिले धेरै कार्यक्रम अनौपचारीक भएका छन् ।’
सत्ता गठबन्धन बाहिरको एमाले गठबन्धन दलहरु पनि चुनावी भेटघाट र बैठकमा ब्यस्त छन् । एमाले गोरखाले अहिले पार्टीको बिभिन्न कमिटिको बैठक ब्यक्ति ब्यक्ति सँग भेटघाटलाई तिब्रता दिईरहेको जिल्ला सचिव काजिराम रोकाले बताए । ‘अहिले योजना बनाउने काम भईरहेको छ’ उनले भने ‘जिल्ला पार्टीले सहजिकरण गरिरहेको छ सबै उम्मेदवार आफ्नो क्षेत्र तोकिएको यरिया भित्र हुनुहुन्छ ।’ नेपाली कांग्रेसबाट गठबन्धन तर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई गोरखा नगरपालिका भित्रका बिभिन्न वडामा भेटघाट गरिरहेका छन् । नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेत आरुघाट, धार्चे गाउँपालिकामा भेटघाटमा ब्यस्त छन् ।
गोरखा १ ‘क’ का उम्मेदवार कृष्ण धिताल शहीदलखन, गण्डकीमा भेटघाट गरिरहेका छन् भने गोरखा १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपाने भिमसेन थापा गाउँपालिकाको आश्राङ बोर्लाङमा भेटघाट गरिरहेका छन् ।
गोरखा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक प्रशिक्षण र भेटघाटमा मात्रै सहभागी छन् । अन्य उम्मेदवार जस्तो उनी घरभेट र टोलटोलमा मतदाता भेट्ने गरी अहिले पुगेका छैनन् । गोरखा २ ख मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मतदाता भेटघाटमा छन् । टोलटोलमा उनी पुगेर प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रदेशमा आफ्नोलागि मत मागिरहेका छन् । दाहालले देशभरका कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले गोरखा निरन्तर समय दिन नसक्ने पहिल्यै बताएका थिए ।
गोरखा २ क मा प्रचण्डकालागि गठबन्धन तर्फबाट उम्मेदवार फडिन्द्र देवकोटाले भोट मागिरहेका छन् । उनी पालुङटार नगर क्षेत्रमा केन्द्रित भेटघाटमा ब्यस्त छन् ।
गोरखा २ मा एमाले उम्मेदवार अब्दुस मियाँ सिरानचोकमा भेटघाट गरिरहेका छन् । अस्पताल, विद्यालयहरुको अवस्था बुझ्ने काम गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । गोरखा २ क का एमाले उम्मेदवार राजु राना पालुङटार नगरपालिका केन्द्रित प्रचारमा छन् भने ख का उम्मेदवार बसन्त गुरुङ अजिरकोट र बारपाक सुलिकोटतिर छन् ।
गोरखा २ बाट राष्टिूय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका कबिन्द्र बुर्लाकोटी गोरखा र पालुङटार नगरपालिका क्षेत्रमा ब्यस्त देखिन्छन् । अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि सामाजिक सञ्जालमा पोस्ट राख्ने मत माग्ने, भेटघाट गर्ने गरिरहेका देखिन्छन् । ग्रामिण भेगमा चुनावी चहलपहल सुरु भईसकेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गोरखाका उम्मेदवार घरदैलोमा मतदाता भेट्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्