भीमसेनथापा ३ को आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न

गोरखा । भीमसेनथापा गाउँपालिका ३ गोरखाको आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार नेपालिहरुको महानपर्व शुभदिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले वडाबासीहरुको सुख, शान्ति, सुस्वास्थ्य एवं प्रगतिको कामना गर्दै समृद्ध वडाको कामना व्यक्त गरेका थिए ।
वडा अध्यक्ष ऋषिराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीको प्रमुख आतिथ्य रहेको भने ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रामजि देवकोटा, संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडामा क्रियशिल राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #ऋषिराम लामिछाने, #भीमसेनथापा ३ को आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न, #भीमसेनथापा गाउँपालिका ३
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्