भीमसेनथापा ३ को आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न
गोरखा । भीमसेनथापा गाउँपालिका ३ गोरखाको आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार नेपालिहरुको महानपर्व शुभदिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले वडाबासीहरुको सुख, शान्ति, सुस्वास्थ्य एवं प्रगतिको कामना गर्दै समृद्ध वडाको कामना व्यक्त गरेका थिए ।
वडा अध्यक्ष ऋषिराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीको प्रमुख आतिथ्य रहेको भने ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रामजि देवकोटा, संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडामा क्रियशिल राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #ऋषिराम लामिछाने, #भीमसेनथापा ३ को आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न, #भीमसेनथापा गाउँपालिका ३
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्