Techie IT
मंगलबार, असार १७,२०८२

मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते


मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक बागमती गाउँपालिका–८ बस्ने वर्ष ५८ को रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तीन घाइते, #दुर्घटना, #मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:10 am7:04 pm +0545