Techie IT
बिहीबार, वैशाख २५,२०८२

गोरखाको एक होटलबाट जुवा खेल्दै गरेका ५ जना पक्राउ


गोरखा ।  गोरखा सदरमुकामको एक होटलबाट जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् ।

बिसौनीमोड स्थित लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

जुवाडेहरुबाट ५२ हजार नौ सय रुपैयाँ नगद बरामद गरिएको छ । उनीहरुलाई जुवातास खेल्न नहुने कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी लामिछानेले बताए ।

तिहार लागेसँगै गोरखामा पछिल्लो समय प्रशासनको आँखा छलेर जुवातास खेल्ने क्रम बढ्न थालेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #गोरखाको एक होटलबाट जुवा खेल्दै गरेका ५ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545