Techie IT
बिहीबार, वैशाख २५,२०८२

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना भेटियो


फुङ्लिङ । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ ।

जङ्गलमा फालिएको फोहोरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला पारेको हो ।

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ९डिएसपी० कैलाश राइले बताए ।

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद रू। ६ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरेको थियो ।

कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् । रासस


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना भेटियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545