Techie IT
शनिबार, असार ७,२०८२

रुपन्देही क्षेत्र २ नेकपा एसका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज


काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त नगरेको एवं कालोसूची कायम रहेको देखिएको आदेशमा उल्लेख छ ।

कालो सूचीमा नाम कायम रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिलेको आदेशमा भनिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रुपन्देही क्षेत्र २ नेकपा एसका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545