सरकार बनेको तीन वर्षमै तुइन विस्थापित गर्यौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएका दाबी गरेका छन्। शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारले हजारौँ किलोमिटर पक्की सडक बनाएको बताए।
उनले भने, ‘एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएका छौँ। पहिले साह्रै गाह्रो थियो। मान्छे तुइनमा झुन्डिँदै तरेको देख्नुपर्थ्यो। अहिले हेर्नुस् त पक्की र झोलुङ्गे पुल छन्। हामीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेका छौँ। चार सय झोलुङ्गे पुल र हजारौँ किलोमिटर पक्की सडक बनाएका छौँ।’
देश यातायात र सामाजिक सञ्जालले जोडेको समेत बताए।
क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #सरकार बनेको तीन वर्षमै तुइन विस्थापित गर्यौँ : केपी ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्