ओलीको कार्टुनबारे नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिताविपरीत कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नागरिक दैनिकमा बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्रीमार्फत व्यंग्यसहितको कार्टुन प्रकाशित भएको थियो ।
काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ ।
पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकूल कार्टुन के कसरी सम्प्रेषण भएको हो रु यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन रु २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।
पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओलीको कार्टुनबारे नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण, #प्रेस काउन्सिल नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्