थप अधिकारका लागि सङ्घर्ष गरौँ–महिला नेत्री
विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गर्नुभयो । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भन्नुभयो । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि त्यो प्रर्याप्त हुन नसकेको गुनासो गर्नुभयो । उहाँले आरक्षण ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै स्थानीय निकायमा प्रमुख जति सबै पुरुष र उपप्रमुखजति सबै महिलालाई दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेकपाकी नेत्री तथा सांसद शान्ता चौधरीले निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउनु सरकारको प्रमुख मुद्दा भएको बताउँदै बलात्कारी पत्ता लाग्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्