‘महापुरुष’ हेर्ने अध्यक्ष ओलीको इच्छा, ‘मदनकृष्णको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्’
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चलचित्र महापुरुष हेर्ने लागेको बताउनुभएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
पूर्वप्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गर्नुभएको छ ।
‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #\, #hot, #केपी शर्मा ओली, #नेकपा एमाले, #मदनकृष्ण श्रेष्ठ, #हरिवंश आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्