निर्वाचन आचार संहिता उलङ्घन गर्ने छुट कसैलाई छैन : दिनेशकुमार थपलिया
विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचार संहिता उलङ्घन गर्ने छुट कसैलाई नभएको बताउनु भएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा आज आयोजित प्रदेश स्तरीय सञ्चार माध्यमसँगको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले आचार संहितापूर्ण रूपले कार्यान्वयन गराउन आयोग कटिबद्ध रहेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरीलाई आगामी निर्वाचनमा आयोगले दोहरिन नदिने बताउनुहुँदै निर्वाचन सम्बन्धी मतदाताहरूको आकर्षण र विश्वास जगाउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको तयारी उत्कर्षमा पुगेको बताउँदै उहाँले निर्वाचन स्वच्छ, निष्पच्छ बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले मनि, मसल पहुँच र पदको आँडमा निर्वाचन जित्ने भन्दापनि आस्था ,सिद्धान्त र विचारको भरमा निर्वाचन जित्ने वातावरण बनाउन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो ।
निर्वाचनमा हुन सक्ने मिथ्या दुष्प्रचार रोक्न सामाजिक सञ्जालको नियमन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्चको विवरण समयमा नबुझाउने १ लाख २३ हजार ६ सय २४ जनालाई कारबाहीको दायरमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले निर्वाचन निष्पच्छ तथा स्वतन्त्र बनाउन सञ्चारकर्मीको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेल, निर्वाचन कार्यालय प्रदेश नं. १ का प्रमुख लेमन कश्यप अधिकारी तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सल्लाहाकार विक्रम लुइँटेलले निर्वाचन आचार संहिता कार्यान्वयनमा जोड दिनु भएको थियो । कार्यक्रम निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको आयोजनामा भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेशकुमार थपलिया, #निर्वाचन आचार संहिता उलङ्घन गर्ने छुट कसैलाई छैन : दिनेशकुमार थपलिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्