भक्तपुर कांग्रेसमा पहिरो, महेश बस्नेत जिताउनुपर्छ भन्दै एमाले प्रवेश गरे चर्चित हस्तीहरु
भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा भक्तपुर कांग्रेसमा पहिरो जान थालेको छ । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जमिन्दारी शैली अपनाउदै आएको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई जिताउने अठोटसहित भक्तपरमा कांथ्रेस त्यागेर एमाले प्रवेशको लहर चलेको हो ।
यही क्रममा भक्तपुर २ का ५० जना भन्दा बढी युवाहरु कांग्रेस त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्रकृष्ण श्रेष्ठसहित ३५ जना युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
त्यस्तै उक्त कार्यक्रम नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेद्वार समेत भएर ४ सय ५७ मत ल्याउन सफल सिरुटारका नेता मिलन थापासहित १५ जना एमालेमा प्रवेश गर्नुभयो । एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो भने भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले टिका लगाइदिनु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भक्तपुर कांग्रेसमा पहिरो, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्