वडादेखि प्रतिनिधिसभासम्म एमालेका उम्मेदवार जिताऔँ : नारायण सिलवाल

काठमाण्डौ । एमाले केन्द्रीय समितिका सदस्य तथा काठमाण्डौ क्षेत्र नम्बर ५ को क का प्रदेश सांसदका उम्मदेवार नारायण सिलवालले आफ्नो क्षेत्रमा भएका सबैखाले समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताएका छन् । सिसिटिभी क्यामरा जडान गरेर सुरक्षा व्यवस्था मिलाउने सिलवालले बताए । उनले प्राविधिक अध्ययन गरेर प्रहरीसमेतको सहकार्यमा सिसिटिभी जडान गर्ने योजनालाई बजेट विनियोजन भइसकेको जानकारी दिए ।
प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तरगत बजेट माग गरेको भए पनि गठबन्धनको सरकारले एमालेका सांसदले मागेको बजेट नदिएको सिलवालले बताए । “एक रुपैयाँ पनि नेकपा एमाले सांसद भएको क्षेत्रमा बजेट नहालेर उनीहरुले आफ्नो मान्छेलाई मात्रै बजेट दिए ।” उनले भने ।
बागमति प्रदेशमा एमालेको सरकार हुँदा भने धेरै योजनामा बजेट विनियोजन गरेर काम सम्पन्न गरेको सिलवालले उल्लेख गरे । त्यसबाहेक काठमाण्डौ महानगर र वडाबाटसमेत बजेट व्यवस्थापन गरेर विभिन्न योजना सम्पन्न गरेको उनले स्मरण गराए । सिलवालले आफ्नो क्षेत्रमा धेरै पार्कहरु, चुनदेवी मन्दिर, टुडालदेवी मन्दिर, वालुवाटार ब्याडमिन्टन कोर्ट, धुम्बाराही हाइट क्लबलगायत विभिन्न योजना सम्पन्न गरेका छन् ।
काठमाण्डौ महानगरको वडा नम्बर ४ मा निर्माण गर्नुपर्ने सडकका लागि बजेट छुट्टयाएको तर नेपाल विद्युत प्राधिकरण र मेलम्ची आयोजनाको काम सम्पन्न नभएकाले सडकको काम रोकिएको सिलवालले जानकारी दिए । विगतमा पहिला सडक पिच गरेपछि कहिले प्राधिकरणको तार बिच्छ्याउन र कहिले मेलम्चीको पाइपका लागि त्यही सडक भत्काउनु परेकाले अब भने उल्टो काम नगर्नेतर्फ ध्यान दिएको उनले बताए ।
त्यस क्षेत्रमा सामुदायिक कुकुरले दुःख दिने गरेको गुनासो आएको उल्लेख गर्दै सिलवालले चाहेर पनि तत्काल समाधान गर्न नसकेको स्पष्ट पारे । काठमाण्डौ महानगरले धेरै प्रयास गरे पनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको उनले बताए ।
विकास निर्माणलाई सहजै अघि बढाउनका लागि वडादेखि प्रतिनिधिसभासम्म एउटै दलको उम्मेदवार विजयी हुनुपर्नेमा सिलवालले जोड दिएका छन् । फरक फरक दलको व्यक्ति जनप्रतिनिधि भएको अवस्थामा मत बाझिने र काम प्रभावित हुने भएकाले विगतमा जस्तै यसपटक पनि एमालेका उम्मेदवारलाई विजयी गराउन सिलवालले आग्रह गरेका छन् । धेरै जसो वडामा एमालेले जितेको र महानगरको उपप्रमुख पनि एमालेले नै जितेको अवस्थामा अब प्रदेश र प्रतिनिधिसभामा पनि एमालेकै उम्मेदवालाई जिताउन उनले आग्रह गरे ।
विगतमा जस्तै यस निर्वाचनमा पनि जनताले एमालेका उम्मेदवारलाई मतदान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #नारायण सिलवाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्