आँपपिपल अस्पतालकाे गाैरवशाली ईतिहास फिर्ता गराैँ: अब्दुस मियाँ

गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा सदस्यमा नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले आँपपिपल अस्पतालकाे गर्विलाे ईतिहास दाेहाेर्याउन आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मियाँ बुधबार उक्त अस्पतालकाे अबस्थाका बिषयमा जानकारी लिन पुगेका थिए । अस्पताल प्रमुख मेसु डाक्टर पवन अग्रवालले अस्पतालकाे बर्तमान सेवाकाे अबस्थाका बिषयमा जानकारी दिएका थिए ।
अस्पतालकाे बर्तमान अबस्थाका बारे जानकारी लिएपछि मियाँले सामाजिक सन्जालमा लेखेका छन्, `एक कालखण्डमा यस अस्पतालले चितवन, कास्की, धादिङ, लम्जुङ, तनहुँ लगायत छिमेकी जिल्लाका मात्र नभई देशैभरीका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्थ्यो। पछिल्लो समय अस्पतालमा युएसजी, एक्सरे मेसिन लगायतका कतिपय स्वास्थ्य उपकरणहरूको अभाव छ। साथै, सरकारले तोकेको दरबन्दी अनुसार पदपुर्ति नहुँदा सिमित स्वास्थ्यकर्मीहरुले अहोरात्र खटेर सेवा दिनुपर्ने बाध्यता छ।´
राज्यले न्युनतम दायित्वबोध मात्रै गर्दा, अस्पतालको गौरवशाली ईतिहास दोहोर्याउन सकिने थुप्रै सम्भावनाहरु आफुले देखेको उनले उल्लेख गरेका छन् । `यस अस्पतालले आगामी दिनमा पुनः देशभरका बिरामीहरुलाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्नसक्छ । यस सम्भावनालाई मूर्तरुप दिन म मेरो ठाउँबाट आवश्यक पहल गर्नेछु। आउनुहोस्, हातेमालो गरौँ´, उनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अब्दुस मियाँ, #आँपपिपल अस्पतालकाे गाैरवशाली ईतिहास फिर्ता गराैँ: अब्दुस मियाँ, #गाेरखा निर्वाचन क्षेत्र नम्बर २
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्