आँपपिपल अस्पतालकाे गाैरवशाली ईतिहास फिर्ता गराैँ: अब्दुस मियाँ
गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा सदस्यमा नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले आँपपिपल अस्पतालकाे गर्विलाे ईतिहास दाेहाेर्याउन आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मियाँ बुधबार उक्त अस्पतालकाे अबस्थाका बिषयमा जानकारी लिन पुगेका थिए । अस्पताल प्रमुख मेसु डाक्टर पवन अग्रवालले अस्पतालकाे बर्तमान सेवाकाे अबस्थाका बिषयमा जानकारी दिएका थिए ।
अस्पतालकाे बर्तमान अबस्थाका बारे जानकारी लिएपछि मियाँले सामाजिक सन्जालमा लेखेका छन्, `एक कालखण्डमा यस अस्पतालले चितवन, कास्की, धादिङ, लम्जुङ, तनहुँ लगायत छिमेकी जिल्लाका मात्र नभई देशैभरीका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्थ्यो। पछिल्लो समय अस्पतालमा युएसजी, एक्सरे मेसिन लगायतका कतिपय स्वास्थ्य उपकरणहरूको अभाव छ। साथै, सरकारले तोकेको दरबन्दी अनुसार पदपुर्ति नहुँदा सिमित स्वास्थ्यकर्मीहरुले अहोरात्र खटेर सेवा दिनुपर्ने बाध्यता छ।´
राज्यले न्युनतम दायित्वबोध मात्रै गर्दा, अस्पतालको गौरवशाली ईतिहास दोहोर्याउन सकिने थुप्रै सम्भावनाहरु आफुले देखेको उनले उल्लेख गरेका छन् । `यस अस्पतालले आगामी दिनमा पुनः देशभरका बिरामीहरुलाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्नसक्छ । यस सम्भावनालाई मूर्तरुप दिन म मेरो ठाउँबाट आवश्यक पहल गर्नेछु। आउनुहोस्, हातेमालो गरौँ´, उनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अब्दुस मियाँ, #आँपपिपल अस्पतालकाे गाैरवशाली ईतिहास फिर्ता गराैँ: अब्दुस मियाँ, #गाेरखा निर्वाचन क्षेत्र नम्बर २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्