साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट
साताको अन्तिम कारोबार दिन सेयर बजारमा एक अंकको सामान्य गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.३८ अंकले गिरावट भएर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका छन् । जसले गर्दा बजारमा कारोबार रकम पनि न्यून हुँदै गएको छ । बिहीबार बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।
जसमध्ये अभियान लघुवित्तको सवार्धिक ३ करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार र एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै बिन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.३७ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ ।
यता सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ७.७३ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६७ प्रतिशत र अभियान लघुवित्तको सेयर मूल्य ६.५९ प्रतिशतले गिरावट भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट, #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्