Techie IT
सोमबार, मंसीर १,२०८३

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।

अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।

पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५(६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

भ्कभधबकयातधबचष्अबलष्अ
वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना, #सीता दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्