घोषणापत्र लेख्ने कांग्रेस सँग कुनै एजेण्डा छैन् : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् ।
झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३ र २४ वर्ष सरकारको नेतृत्व गर्दासमेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ । हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’
कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत बताए ।
उनले भने, ‘कांग्रेसले काम केही गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुनेछैन । पटक(पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम गर्यो देखाउनुस् । २३र२४ वर्ष सरकारको नेतृत्व गरेको छ । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’
जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता(कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए । उनले राप्रपा आफैँ चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको बताए ।
उनले भने, ‘राप्रपालाई त कसैले चलाएको त छैन नि । गठबन्धनवालाहरू त क(कसले चलाउँछ भन्ने थाहा छैन । यिनीहरू त कुसुलेले नचाउने कठपुतलीजस्ता हुन् । त्यसैले कठपुतलीको शासन हुनुभन्दा राप्रपाले देशको माया त गर्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #घोषणापत्र लेख्ने कांग्रेस सँग कुनै एजेण्डा छैन् : केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्